मालिकसंग भिड्दै कमैया, यस्तो छ रोचक प्रतिस्पर्धामा
टीकापुर, असार ९
मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन् । २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन् ।
१० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन् । घरको आर्थिक अवस्था दयनीय भएपछि उनले स्कुल जाने उमेरलाई इँटभट्टातर्फ र्डोयाउनुर्पयो।
काँचो माटोसँग लड्दालड्दै उनी कलिलै उमेरमा दाम्पत्य जीवनमासमेत बाँधिनुर्पयो। १४ वर्षको उमेरमा आमाबुबाले इँटाभट्टामा सँगै काम गर्ने वसन्तलाल चौधरीसँग उनको बिहे गरिदिए। घरपरिवारको दबाबमा उनले बिहे गरिन। ’बिहेबारे थाहै थिएन’, उनले भनिन्, ’आमाबुबाले भनेपछि गर्नैपर्ने भयो ।’
इँटाभट्टाको काम निकै जोखिमपूर्ण थियो। रातिको समयमा काम गर्नुपर्थ्यो। एक हजार इँटा तयार पारेपछि ३० रुपैयाँ पाइन्थ्यो। त्यो पनि वर्षको छ महिना मात्रै। बाँकी छ महिना बेरोजगार बस्नुपर्थ्यो। त्यही बेरोजगारीले उनलाई व्यवसायतर्फ आकर्षित र्गयो।
इँटाभट्टा नजिकैको बाटोमा दैनिक सयौं मान्छे ओहोरदोहोर गर्थे। त्यहीं उनले २०५५ सालतिर सानो पसल थापिन। पसलमा गुट्खा, चुरोट, सुर्ती, चकलेट, बिस्कुट पाइन्थ्यो। ओहोरदोहोर गर्ने मान्छेले किन्न थालेपछि उनको पसल राम्रै चल्यो।
२०६० चैत महिनामा टीकापुर नगरपालिका–८, विजयनगरमा मुक्तकमैया बस्ती बस्यो। उनको परिवारले समेत दुई कट्ठा जमिन पायो। उनको बसाइ इँटाभट्टाबाट विजयनगर र्सयो। पसलसमेत त्यहीं सारियो। एक हजार आठ सय घरधुरी रहेको मुक्तकमैया बस्तीमा उनको पसल राम्रैसँग बढी चल्न थाल्यो। उनले व्यवसाय विस्तार गर्दै टीकापुर नगरपालिकाको कम्पाउण्ड नजिकै खोका पसल खोलिन। त्यहाँ उनले १२ वर्ष बिताइन।
त्यसपछि उनले नगरपालिका कम्प्लेक्समा मासिक दस हजार भाडा तिर्नेगरी २०७२ जेठ २९ गते सुदेशनी फेन्सी स्टोर सञ्चालनमा ल्याइन। २०७२ भदौ ८ गतेको शंखपुर घटनाबाट उनी पनि अछुतो रहिनन्।
उनको पसल मात्र होइन १ लाख ५६ हजार नगद लुटियो। सबै गरी ५६ लाख ७९ हजार ८ सय १० रुपैयाँ नोक्सान भएको उनले सुनाइन्। उनी ऋणसापट गरेर फेरि व्यवसायमा फर्किन्। आज तिनै सुदेशनी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी छिन्।
नेपाल लोकतान्त्रिक फोरमबाट उपप्रमुख उम्मेदवार बनेकी सुदेशनीका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी बिष्टसहित आठ जना छन्। केही वर्षअघिसम्म बिष्टकै इँटाभट्टामा काम गर्दै आएकी सुदेशनी अहिले उनैसँग नेतृत्वका लागि प्रतिस्पर्धामा छन्। बिहानदेखि रातिसम्म चुनाव प्रचारमा खटेकी सुदेशनी भन्छिन्, ’समय र परिस्थितिले मान्छेलाई फरक जिम्मेवारीमा र्पुयाउँदो रहेछ।’
२०७२ भदौ ७ पछि विस्तारै फोरमको राजनीतिमा सक्रिय सुदेशनी विगतमा जस्तै चुनावमा पनि सबैको सहयोग र माया पाउने विश्वासमा छिन्। सामान्य साक्षार उनी भन्छिन्, ’सबैले भोट दिन्छु भन्नुभएको छ, जित्छु।’ आजको नागरिकमा खबर छ।
प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार