प्रदेश नं. १, ५ र ७ मा असार १४ गते सार्वजनिक बिदा
काठमाडौँ, आसार ८
दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।
प्रकाशित मिति: ८ असार २०७४, बिहिबार