भोलि किन र कतिबेला बन्द हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?


 


काठमाडौं, असार ८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म हुने भएको छ । प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हुन लागेका कारण आधा घन्टा विमानस्थल बन्द हुन लागेको हो  ।

यसरी अभ्यास गर्दा विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएका छन् । आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्छ ।

शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।

ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्नेको अभ्यास गर्ने विमानस्थलको तयारी छ ।

त्यस क्रममा घाइते भएको ठानिनेहरुलाई हेलिकप्टर मार्फत समेत उद्धार गरिनेछ ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्