देउवा विरुद्ध प्रचण्ड : टाउकोको मूल्य तोक्नेले गणतन्त्र बचाउन सक्दैन


 



नेपालगञ्ज, असार ८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई संकेत गर्दै उनको विरोध गरेका छन् । सत्ता साझेदार दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले विगतमा टाउकोको मूल्य तोक्नेहरुले गणतन्त्र बताउन नसक्ने बताएका छन् ।

बाँकेको खजुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र माग्दा टाउकोको मूल्य तोक्नेहरुबाट गणतन्त्र सुरक्षित होला भनेर आश गर्न नसकिने बताए । उनले कांग्रेस र एमाले नै विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।

गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए । साथै उनले आफू नेतृत्वको सरकारले लोडसेडिङ अन्य गर्नुका साथै देशले आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्