सुनको मूल्य बढ्यो, कति पुग्यो ?


 



काठमाडौं, असार ८
हिजो मात्रै सय रुपैयाँले बढेको सुनको मूल्य आज थप दई सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ५४ हजार चार सय पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य माथि उक्लिरहेको भएपनि चाँदीको मूल्य पनि दुई दिनदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्