कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार, खोजी गर्दै अख्तियार


 



काठमाडौं, असार ८
कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल फरार भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन पत्र काटिएको भएपनि उनीहरु सम्पर्कविहीन भएका हुन् । अख्तियारले उनीहरुलाई कसैले देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना समेत निकालेको छ ।

अख्तियारले यसअघि नै फरछ्यौट आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष महत र सदस्य ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो । अख्तियारले बिहीबार सूचना निकालेर उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्