अबैध तरिकाले नेपालप्रवेश गरेका बंगलादेशीलाई देश निकाला


 



काठमाडौं, असार ८
अवैध बाटोबाट नेपाल प्रवेश गरी लुकीछिपी काम गरिरहेका १२ जना बंगालादेशीलाई नेपाल सरकारले देश निकाला गर्ने भएको छ ।

गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ मंगालादेशीलाई देशनिकाला गर्ने भएको हो । उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्धसहित फार्काउन लागिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

गृहले नागरिक अध्यागनम्बन्धी कार्यविधि २०६५ को दपा ६.३ २ अनुसार असार २ गते निष्कासनको अन्तिम निर्णय गरेको थियो ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्