बाजुरा मृत्यु प्रकरण : तीनबुँदे सहमतिपछि आफन्तले शव बुझे


 


बाजुरा, असार ७

स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता प्रक्रियामा आइतबार छेदेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको चार दिनपछि आज शव आफन्तले बुझेका छन् ।

मृतकका आफन्तलाई सरकारले उचित क्षतिपूर्ति दिने, काजक्रियाका लागि खर्च दिने, रावतको हत्या गर्नेको छानविन गरी कारबाही गर्ने तीनबुँदे सहमतिपछि परिवारलाई शव बुझाइएको नेकपा (एमाले) बाजुराले जनाएको छ ।

रावतलाई काँग्रेस कार्यकर्ताले ढुङ्गा हानेर हत्या गरेको आरोपमा १० जनाको नाममा किटानी जाहेरी दिएको एमालेले जनाएको छ । रासस

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्