सुडान घोटालामा दोषी ठहर दुई पूर्वआईजीपीसहित चार जना जेल चलान


 



काठमाडौं, असार ७
सुडान घोटाला प्रकरणका दोषी दुई पूर्वआईजीपीसहित चार जनालाई जेल चलान गरिएको छ ।

यसअघि नै सर्बोच्च अदालतबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ र पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठ जेल चलान भएका हुन् ।

अाज अदालतमै आत्मसमर्पण गरेपछि उनीहरुलाई डिल्लीबजार कारगार चलान गरिएको छ । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्