कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, असार ७
आज नेपाली बजारमा सुनको मूल्य हिजोको तुलनामा १ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा भने आज तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्