प्राकृतिक प्रकोपबाट वर्षमा कति मानिसले ज्यान गुमाउँछन् ?


 



काठमाडौं, असार ७
प्राकृतिक प्रकोपले मानवीयसँगै ठूलो मात्रामा धनजनको क्षति गर्दै आएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपबाट औसतमा करिब पाँच सयको ज्यान जाने गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार गत वर्ष प्राकृतिक प्रकोपबाट मात्र ४६७ को मृत्यु भएको थियो भने ७१९ घाइते भएका थिए । प्राकृतिक प्रकोपबाट ४९ बेपत्ता र १२ हजार ७२५ परिवार प्रभावित भएका थिए ।

सबैभन्दा धेरै मृत्यु पहिरोबाट
प्राकृतिक प्रकोपहरुमा पनि पहिरोबाट ज्यान गुमाउनेको संख्या धेरै हुन्छ । गत वर्ष पनि पहिरोबाट मात्र १४५ को मृत्यु भएको थियो ।

चट्याङबाट १ सय ७, बाढीबाट १ सय एक, आगलागीबाट ५०, महामारीबाट १८, लेक लागेर १६, डुंगा पल्टिएर सात, हिमपहिरोबाट एक र विविध गरी १२ को मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्