एउटै पदमा भिड्दै आमा–छोरी


 



खोटाङ, असार ६
दोस्रो चरण अन्तर्गत यहि असार १४ गते हुने स्थानीय तहको चुनावका लागि खोटाङमा एउटै पदमा आमा–छोरीले उम्मेदवारी दिएका छन् । आमा–छोरीले फरक–फरक पार्टीबाट एउटै पदमा उम्मेदवारी दिएका हुन् । आजको नागरिकमा खबर छ ।

जिल्लाको बाह्रपोखरी गाउँपालिका वडा नम्बर ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् । आमा मनमाय नेपाली कांग्रेसबाट र छोरी अनिता माओबादी केन्द्रबाट वडा सदस्यमा भिड्दै छन् ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्