चुनाव प्रचारका क्रममा जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते


 



अर्घाखाँची, असार ६
अर्घाखाँचीमा चुनाव प्रचार–प्रचारका क्रममा कांग्रेसले प्रयोग गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज १९५८ नम्बरको जिप जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा २५ वर्षीय अर्जुन घिमिरे छन् ।

घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्