प्रधानन्यायाधीस सिफारिस अनिर्णित, सहमति जुट्न नसके के हुन्छ ?


 


काठमाडौं, असार ६
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीसको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले कामु प्रधानन्यायाधीस गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

एक परिषद् सदस्यका अनुसार बैठकमा ओलीले पराजुलीलाई प्रधानन्यायाधीस बनाउनै नहुने अडान लिएका थिए । सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीसको नियुक्ति गरिने बताइन् । दोस्रो बैठकमा पनि सहमति जुट्न नसके

बहुमतीय प्रणालीबाट प्रधानन्यायाधीश नियुक्ति गर्न सक्ने प्रावधान रहेको उनले बताइन् । संवैधानिक परिषद्मा प्रायः सहमतिका आधारमा नियुक्ति भइरहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानन्यायाधीसको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीसको नियुक्तिको सिफारिस गर्दा परिषद कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने प्रावधान छ ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्