स्वतन्त्रता दिवसमा भारत भ्रमण गर्ने प्रधानमन्त्रीको इच्छा, यस्तो छ भित्री कारण
काठमाडौं, असार ६
प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन अर्थात १५ अगस्टमा भारतमा हुने स्वतन्त्रता दिवसका अवसरमा भारत भ्रमण गर्ने इच्छा गरेका छन् ।
देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।
नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।
भारतमा राष्ट्रपतिको निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ । भारती राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागि निम्ता गइसकेको भएपनि अनौपचारिकरुपमा सम्बाद भइरहेको बताए ।
गतबर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएको थियो । देउवा पनि देउवा दोस्रो चरणको निर्वाचनलगत्तै भारत जाने मूडमा रहेको निकटस्थहरुको भनाई छ ।
प्रकाशित मिति: ६ असार २०७४, मंगलबार