नाईजेरियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु


 


 

अबुजा, असार

नाईजेरियाको उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्ने प्रदेशमा आइतबार राति भएको विभिन्न आत्मघाती आक्रमणमा परी २० जना भन्दा बढी मारिएका छन् ।

आक्रमणकारी पाँच जना महिला सहित १७ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस बाहेक अन्य चार जनाको अस्पताल लगेपछि उपचारको क्रममा सोमबार मृत्यु भएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयले जनाएको छ ।

घटनास्थल कोफा गाँउ बोर्नो प्रदेशको राजधानी मैदुगुरी देखि झण्डै आठ किलोमिटर टाढा रहेको आक्रमण आन्तरिक रुपमा विस्थापित भएका द्वन्द्व पीडित नाइजेरियाली शरणर्थी बस्ने हुन् ।

विस्फोटनमा आतङ्कवादी समूह बोको हरामको संलग्नता रहेको हुन सक्ने प्रशासनले बताएपनि विद्रोहीले घटनाको जिम्मेवारी लिएको छैन ।

नाईजेरियामा अहिले सम्म बोको हरामको आक्रमणमा परी २० हजार भन्दा बढीको मृत्यु भएको छ भने २३ लाख जना विस्थापित भएका छन् ।

नाइजेरियामा सन् २००९ देखि विद्रोही र सरकारी पक्षका बीचमा युद्ध चलिरहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्