सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, असार ५
दुई दिनदेखि तलमाथि नभएको सुनको मूल्य आज घटेको छ ।

आज सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्