शुभसाइत पार्दै प्रधानमन्त्री देउवा विहानै बालुवाटार प्रवेश


 



काठमाडौं, असार ५
प्रधानमन्त्री शेरबहादुर देउवा शुभसाइत छोप्दै आज बालुवाटर प्रवेश गरेका छन् । ज्यातिषीले दिएको विहान ५:२२ बजेको शुभसाइतमा प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश गरेका छन् ।

बालुवाटार प्रवेश गरेपछि उनले पूजापाठ समेत गरेका छन् । यसअघि सपथग्रहण पनि उनले ज्यातिषीकै सल्लाहमा गरेका थिए ।
देउवा बालुवाटार प्रवेश गरेपछि नेपाली सेनाले सम्मानमा सलामी अर्पण गरेको छ ।

देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपनि शुभसाइत नपर्दा बूढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । यसबीचको समयमा सरकारकारी निवास बालुवाटारको रंगरोगन गरिएको थियो ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्