भोजपुरको कुन स्थानीय तहमा कतिले उम्मेदवारी दर्ता गराए ?


 


भोजपुर, असार ५
स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा आइतबार उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् ।

भोजपुरमा सबैभन्दा धेरै षडानन्द नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै पौवादुङमा गाउँपालिकामा सबैभन्दा कम उम्मेदवारी परेको छ ।

१४ वटा वडा रहेको षडानन्द नगरपालिकामा दुई सय ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । यहाँ ७२ जना जनप्रतिनिधि चयन हुँदैछन् ।

त्यस्तै ६ वटा वडा रहेको पौवादुङ्मा गाउँपालिकामा एक सय जनाको उम्मेदवारी मनोनयन भएको छ । यहाँ ३२ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

१२ वटा वडा रहेको भोजपुर नगरपालिकामा दुई सय पाँच जनाको मनोनयन दर्ता भएको छ । ६ वडा रहेको साल्पा सिलिछो गाउँपालिकमा एक सय १३, सात वडा रहेको अरुण गाउँपालिकामा एक सय २८ जनाको मनोनयन दर्ता भएको छ ।

त्यस्तै १० वडा रहेको आमचोक गाउँपालिकामा एक सय ४९, नौ वटा वडा रहेको ट्याम्के मैयुङ गाउँपालिकामा एक सय ३८, नौ वडा रहेको हतुवागढीमा एक सय ३३, र आठ वटा वडा रहेको रामप्रसाद राई गाउँपालिकामा एक सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा ८१ वटा वडा छन् भने चार सय २३ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

आइतबार एक हजार तीन सय ५१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

जसमा आठ सय नौ जना पुरुष र पाँच सय ४२ जना महिला रहेका छन् । भोजपुरमा एक लाख, पाँच हजार, पाँच सय ५४ मतदाता रहेका छन् ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्