राजपा नेता राजेन्द्र महतोलाई पितृशोक


 


काठमाडौं, असार ५
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा आज बिहान निधन भएको छ । 

उनको गएराति २ बजे सर्लाहीको बबरगञ्ज स्थित निवासमै निधन भएको राजपाका नेता केशव झाले जानकारी दिए । शवको अन्तिम संस्कार आजै गरिने भएको छ ।

पिताको मृत्यु भएपछि नेता राजेनद्र महतो पनि भैरहवा फर्किएका छन् । उनी मधेश/थरुहट आन्दोलनका क्रममा भैरहवामा थिए ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्