प्रधानमन्त्री आज बालुवाटार सर्दै, सजाइँदै सरकारी निवास


 



काठमाडौं, असार ५
प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्ने भएका छन् ।

हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने पारिवारिक स्रोतले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगनसमेत गरिएको छ । देउवाले पुरानै सामानबाट काम चलाउने भनेपछि नयाँ सामग्री केही किनिएको छेन । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो । देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ असार ५ गते दिउँसो जुराइदिएकाले सोही दिन बसाइ सर्ने मिति तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्