यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा


 



काठमाडौं, असार ५
संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आजको कान्तिपुरमा छ ।

आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित आठ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागाजको आधारमा अनियमितता गरेको आरोप छ ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्