कांग्रेस नेता वडूमाथि आफ्नै कार्यकताद्वारा हातपातको प्रयास


 



दार्चुला, असार ५
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडूमाथि हातपात प्रयास भएको छ । उनले दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछिको आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

सम्वोधन सकिएपछि पार्टी कार्यालय पुगेका वडूलाई कांग्रेसकै कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । आजको नयाँ पत्रिकामा खबरछ ।
स्थानीय पदम ठगुन्नाले आफ्ना बुबालाई टिकट नदिएको भन्दै गालिगलौज गरी हातपात गर्न खोजेका थिए ।

ठगुन्नालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्