भोजपुर नगरपालिकाको मेयर पदमा नौ जनाको उम्मेदवारी, कुन–कुन दलले उम्मेदवारी दिए ?


 


भोजपुर, असार ४
असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि भोजपुर नगरपालिकाको मेयर पदमा नौ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, खम्बुवान लगायतका दलले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै स्वतन्त्रबाट पनि मेयर पदमा उम्मेदवारी परेको छ । उपमेयरमा आठ जनको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेसबाट मेयरमा कैलाश आले र उपमेयरमा कृति कुुमारी कार्की, एमालेबाट मेयरमा गणेश श्रेष्ठ र उपमेयरमा ममिता राईले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । त्यस्तै माओवादी केन्द्रबाट मेयरमा शरण तामाङ र उपमेयरमा मोनिका राईले मनोनयन दर्ता गरेका हुन् ।

दिएका छन् । १२ वटा वडा रहेको भोजपुर नगरपालिकामा कुल जनसंख्या २७ हजार २ सय ४ छ भने १५ हजार चार सय ८८ मतदाता रहेका छन् ।

भोजपुर नगरपालिकामा मेयर उपमेयर सहित ६२ जना जनप्रतिनिधि चयन हुँदैछन् । यी पदमा दुई सय पाँच जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्