पत्रकार द्वय भण्डारी र भट्ट २८ घण्टापछि रिहा
काठमाडौं, असार ४
सार्वजनिक अपराधमा शनिबार पक्राउ परेका कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट आज रिहा भएका छन् ।
पक्राउ परेको २८ घण्टापछि पत्ररकार भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार अपराह्न रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले जानकारी दिए ।
अपराध प्रमाणित हुने नदेखिएपछि क्षेत्रीय संयोजक शाह र पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको रहोवरमा पत्रकारद्वय भण्डारी र भट्टलाई छाडिएको हो । भण्डारी मानखण्ड दैनिककमा सम्पादक हुन् भने भट्ट कार्यकारी सम्पादक हुन् ।
प्रहरीले भण्डारी र भट्टलाई कार्यालयबाटै पक्राउ गरेपछि चर्काे विरोध र आलोचना भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए ।
प्रकाशित मिति: ४ असार २०७४, आइतबार