आन्दोलनका कार्यक्रम जारी राख्ने राजपाको निर्णय, ४ गते आमहड्ताल


 



काठमाडौं, असार २
माग सम्बोधन नभएको भन्दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ ।

राजपाले आज विज्ञप्ति सार्वजनिक गदै आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएको हो । सरकारले राजपासंग कुनै सम्झौता नगरि निर्वाचनका कार्यक्रम घोषणा गरेको भन्दै माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने जनाएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत यसअघि २ गते मनोनयन दर्ताको दिनका लागि घोषणा गरिएको बन्दहड्तालको कार्यक्रम सो कार्यक्रम सरेसंगै बन्दहड्तालको कार्यक्रम पनि ४ गतेका लागि सारिएको छ ।

अब मनोनयकै दिन चार गते आमड्ताले गर्ने विज्ञप्तिमा उल्लेख छ । राजपाले तराईमा स्थानीय तहको संख्या थप, मुद्दा फिर्ता, सहिद घोषणालगायतका माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्