प्रभु शाहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी


 



काठमाडौं, असार २
बिना विभागीय मन्त्री प्रभु शाहलाई आज शहरी विकास मन्त्रालयको जिम्मेवार दिइएको छ ।

सरकार गठनका क्रममा बिना विभागीय मन्त्रीका रुपमा सपथ खाएका शाहलाई प्रधानमन्त्री शेरबहाुदर देउवाले आज दशौं दिनमा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

उनी माओबादी केन्द्रको तर्फबाट मन्त्री बनेका हुन् । प्रधानमन्त्री देउवाले शाहसहित चार मन्त्री र तीन उपप्रधानमन्त्रीसहितको मन्त्रिमण्डल गठन गरेका थिए ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्