घट्दै सुनको मूल्य, कति छ आज ?


 



काठमाडौं, असार २
आज फेरि सुनको मूल्य घटेको छ । हिजो मात्रै एक सय रुपैयाँले घटेको सुनको मूल्य आज थप २ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँ छ । हिजो चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्