राजेन्द्र महतोले भने, ‘प्रदेश नम्बर २ को चुनाव सारेर मात्रै पुग्दैन’


 



काठमाडौं, असार २
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश नम्बर २ को मात्रै नभई मधेसका सबै ठाउँमा चुनाव सार्नुपर्ने माग गरेका छन् ।

उनले लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा असोज २ गते चुनाव गर्नुपर्ने बताए । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय कुनैपनि हालतमा मान्य नभएको उनको भनार्य छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो लडाई २ नम्बर प्रदेशका लागि मात्र नभएर मधेस, थरुहट तथा लिम्बुवानको अधिकारका लागि भएकाले मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा पनि चुनाव सर्नुपर्ने अडान राखे ।

उनले सो चुनाव अघि संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने, तराईमधेसमा भएको आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, मृतकलाई सहिद घोषणा हुनुपर्ने लगायतका मागहरु पनि पूरा हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्