अझै बुझेन राजपाको चित्त, आज औपचारिक धारणा आउने


 



काठमाडौं, असार २
सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ ।

राजपाले सरकारले एकलौटी तरिकाले २ नम्बर प्रदेशमा चुनावको मिति सारेको जनाएको छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौँबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको हो । ‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौँ,’ राजपा नेता अनिल झाले भने ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्