चुनाव सारेकोप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि


 



काठमाडौं, असार २
सरकारले एकलौटी रुपमा प्रदेश नम्बर २ मा चुनाव सारेको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि उत्पन्न भएको छ ।

निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने सरकारको निर्णय गलत भएको प्रतिक्रिया आउन थालेका छन् । आजको नेपाल समाचरपत्रमा छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले यस निर्णयले जनतामा आशंका जन्माउनुका साथै सरकारप्रति अविश्वास उब्जाएको बताए ।

त्यस्तै, नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारण राखेका छन् । उनले भने, असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्