संस्कृतिविद सत्यमोहन जोशी सम्मानित


 


काठमाडौं, असार १
संस्कृतिविद सत्यमोहन जोशी बिहिबार सम्मानित हुनु भएको छ । कृष्णलक्ष्मी–लक्ष्मी क्षेष्ठ स्मृति प्रतिष्ठान काठमाडौंले जोशीलाई नगदसहित सम्मान गरेको हो ।

स्वर्गीय लक्ष्मी श्रेष्ठको छेठौं स्मृति दिवसको अवसरमा जोशीलाई नगद ५१ हजार नगद सहित प्रतिष्ठानले सम्मान गरेको हो ।

नेपाली संस्कृतिका धरोहर जोशीले नेपालको संस्कृतिको विकासमा अतुलनिय योगदान पुर्याएको भन्द्र प्रतिष्ठानले जोशीलाई सम्मान गरेको जनाएको छ ।

बिहिबार एक भव्य कार्यक्रमकाबिच जोशीलाई प्रतिष्ठानका संरक्षक अध्यक्ष माधवप्रसाद श्रेष्ठ लगायत विशिष्ठ व्यक्तिहरुले सम्मान गरेका हुन् ।

यसैबिच लक्ष्मी श्रेष्ठको छैठौं स्मृति दिवस भव्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भएको कार्यक्रकको प्रमुख अतिथी संस्कृतिविद सत्यमोहन जोशी हुनुहुन्थ्यो ।

कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । पूर्व अर्थमन्त्री शकर प्रसाद कोइराला, सांसद कुमारी लक्ष्मी राई, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, मेयरका उम्मेदवार किशोर थापा, जिरी नगरपालिकाका मेयर टंक जिरेल, सशस्त्र प्रहरीका पूर्व प्रहरी महानिरिक्षक दुर्जकुमार राई, नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देक शान्तिलक्ष्मी शाक्य लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय समृद्धिमा स्थानीय तह एंव नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा नौ जनालाई प्रतिष्ठानको आजिवन सदस्य एंव दुई जनालाई साधारण सदस्य वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।

प्राध्यापक डा.मानेन प्रसाद खोर्खाली, प्रा.डा. आरके रौनियार, डा. शिवजी पौडेल, क्याप्टेन रोशन केसी, शान्ति लक्ष्मी शाक्य, मानसिंह कार्की, डम्बर कुमार श्रेष्ठ, रक्षा थापा र राजु हुमागाँइले आजीवन सदस्य लिनु भएको हो ।

त्यस्तै तेजबहादुर राई र योगेन्द्रहरी श्रेष्ठले साधारण सदस्य लिनु भएको थियो । उहाँहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

कार्यक्रममा पोखरा लेखनाथ महाननगरपालिकाको महानगर विकास समितिको अध्यक्षमा नियुक्त हुन भएका सुन्दर श्रेष्ठ र नेपाल औषधि लिमिटेड सञ्चालक सदस्यमा नियुक्त हुनु भएका सिलोनबाबु श्रेष्ठलाई सम्मान एंव बधाई ज्ञापन गरिएको थियो ।उहाँहरु दुबै प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्छ ।

भोजपुरको दाँवामा कृष्णलक्ष्मी खेलकुद कम्प्लेक्स यतिबेला निर्माणाधिन अवस्थामा छ । दुई बर्ष भित्र कम्प्लेक्स निर्माण सम्पन्न हुने प्रतिष्ठानले जनाएको छ ।

सामाजिक सेवामा तल्लिन प्रतिष्ठानले प्रत्येक बर्ष यसरी कार्यक्रम गर्दे आएको छ भने देशका विकट ठाउँमा स्वास्थ्य शिविर लगायतका सामाजिक गतिबिधि गर्दे आएको छ ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्