दुई नम्बर प्रदेशको चुनाव स्थगित


 


काठमाडौं, असार १
सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए।

बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए। दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्