काराकारभित्रै कैदीले गरे आत्महत्या


 



नेपालजञ्ज, असार १
नेपालगन्ज कारागार भित्रै एक जना कैदीले आत्महत्या गरेका छन् । कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका २७ वर्षीय अरबिन्दकुमार बर्माले कारागार मै झुण्डिएर आत्महत्या गरेका हुन् ।

बाँकेको भवानियापुरका बर्मा जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा परेका थिए ।

उनले बिहीबार बिहान प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेको पाइएको बाँके प्रहरीका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्