ज्योतिषीले देउवालाई रोके बालुवाटार छिर्न ? यस्तो छ कारण


 


काठमाडौं, आसर १
ज्योतिष विद्यामा विश्वास गर्दै आएका प्रधानमन्त्री देउवा यस पटक पनि ज्यातिषीकै सल्लाहमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्न सकेका छैनन् ।

प्रधानमन्त्री पदमा निर्वाचित भएको एक साता बितेपनि निजी निवास बुढानिलकण्ठमै छन् । नागरिक दैनिकमा खबर छ । ज्यातिषीले देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा रहेको जानकारी गराएपछि उनी बालुवाटार आउन नसकेका हुन् ।

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् । वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्