निर्वाचनको मिति सार्न प्रधानमन्त्रीलाई कांग्रेसभित्रबाटै दबाब


 



काठमाडौं, असार १
असार १४ गतेका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न प्रमुख सत्तारुढ दल कांग्रेसभित्र दबाब बढ्दै गएको छ । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले आन्दोलनबीच निर्वाचन नगर्न प्रधानमन्त्रीलाई दबाब बढाएका छन् । नयाँ पत्रिकामा खबर छ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटेर उनीहरूले प्रदेश नं २ मा यथास्थितिमा निर्वाचन गराउन कठिन भएको भन्दै निर्वाचन रोकेर पहिले समस्या समाधानको पहल गर्न दबाब दिएका हुन् । तराई मधेसका जिल्लामा राजपा नेपालको आन्दोलनले परिस्थिति प्रतिकुल बन्दै गएको जानकारी प्रधानमन्त्रीलाई गराएको भेटमा सहभागी केन्द्रीय सदस्य आनन्द ढुंगानाले जानकारी दिए ।

केन्द्रीय सदस्य तथा सांसदहरूले असन्तुष्ट पक्षलाई मिलाएर लैजान बढीमा १० दिन निर्वाचन सार्न वा प्रदेश नम्बर २ का ८ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्