बिराटनगर महानगरमा कांग्रेसबाट मेयरमा भीम र उपमेयरमा इन्दिरालाई टिकट


 



बिराटनगर, जेठ ३१
नेपाली कांग्रेसले आज विराटनगर महानगरपालिकाको मेयरर उपमेयरको टुंगो लगाएको छ । महानगरको मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई टिकट दिएको छ ।

पराजुली विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । उनी केन्द्रीय सदस्य शेखर कोइराला नजिक मानिन्छन् । महानगरको मेयरका लागि सांसद एवं केन्द्रीय सदस्य अमृत अर्याल र नेतृ डिला संग्रोलाको नाम पनि चर्चामा थियो ।

एमालेले यसअघि नै विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्