सप्तरीमा ५० बढी मतदान अधिकृत राजपाको नियन्त्रणमा


 


काठमाडौं, ३१ जेठ
चुनाव बहिस्कार गर्दै आन्दोलनमा रहेको राजपा नेपालका कार्यकर्ताले सप्तरीमा खटिएका ५० बढी मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएको छ।

दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुका लागि आयोजना गरिएको तालिमबाट राजपा कार्यकताले उनीहरुलाई नियन्त्रण लिएका हुन् ।

राजपाले आफ्नो गतिविधि तिब्र पारेपछि बाक्लो रुपमा प्रहरी परिचाल गरिएको छ ।

सरकार गठनका क्रममा संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका माग पूरा नगरेको भन्दै राजपा चुनाव बहिस्कार गरेर आन्दोलनमा उत्रेको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्