गौरमा तनाव सृजनाः प्रहरी र राजपा कार्यकर्ताबीच झडप


 



काठमाडौं, जेठ ३१
रौतहड सदरमुकाम गौरमा तनाव सृजना भएको छ । आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सिसुवाचोकमा भएको प्रहरी र बन्द आह्वानकर्ताबीको झडपमा एक प्रहरी जवान घाइते भएका छन् ।

घाइते प्रहरी जवानको हात भाँचिएको छ । सो क्रममा राजपाका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादवलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । प्रहरी चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढंगामुडा गर्दा झडप भएको हो ।

गौरमा तनाव सृजना भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी र म्यादी प्रहरीलाई सुरक्षामा खटाइएको छ । माग सम्बोधन नभएको भन्दै राजपा अहिले आन्दोलनमा छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्