भोजपुर सदरमुकाममा खानेपानी अभाव


 


भोजपुर, जेठ ३१

पछिल्लो समय मौसम परिवर्तन र सुख्खा खडेरीका कारण भोजपुर सदरमुकाममै खानेपानीको हाहाकार छ ।

सदरमुकामका एक हजार ३२६ घरधुरीलाई खानेपानी दिँदै आएको सिलिचुङ खानेपानीले आवश्यक मात्रामा पानी वितरण गर्न नसक्दा सर्वसाधारणलाई खानेपानीको अभाव भएको हो । मुहानबाटै खानेपानी कम आउने भएकाले खानेपानी थाप्दाथाप्दै सुकेपछि सर्वसाधारण भोटेपसलको सप्तधारामा बिहान, दिउँसो र साँझ थुप्रिने गरेका छन् ।

सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरले दुई दिनमा एकपटक खानेपानी वितरण गर्दै आएको समितिका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । खानेपानी अभावले सदरमुकाममा बसोबास गर्ने होटल व्यवसायी, विद्यार्थी र गृहिणी सबैभन्दा बढी मारमा परेका छन् । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्