खेल मैदानमा एक महिला मृत अवस्थामा फेला


 


नवलपरासी, जेठ ३१

नवलपरासीको सरावल गाउँपालिकाको तिलकपुरका खेल मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । चितवन सिमेन्ट उद्योग पछाडिको खेल मैदानमा नवलपरासी बर्दघाट नगरपालिका–४ दिव्यनगरकी अन्दाजी ४० वर्षीया माया खनाल मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ महिला मृतावस्थामा फेला परेकी हुन् । घाँस काट्न जाने महिलाले सो महिलालाई मृतावस्थामा देखेपछि बासा प्रहरीलाई खबर गरेका थिए ।

मृतक खनालको नाक र मुखबाट फिँज आएको अवस्थामा भेटिएकाले सो बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारलाई खबर गरी शवपरीक्षणका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल, परासीमा ल्याइएको छ । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्