दोस्रो चरणको चुनाव अझै अन्यौलमा, राजपालाई ल्याउन चुनाव सार्ने कसरत


 



काठमाडौं, जेठ ३१
तेस्रो पटकसम्म सारेर असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन अझै अन्यौलमा परेको छ ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल गरेका छन् । यसका लागि दलहरु अन्तिम कसरतमा लागेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

मंगलबार साँझ प्रमुख प्रतिपक्षी दलसहित सत्तारुढ दलको वैठकमा राजपालाई निर्वाचनमा सहभागी गराउन चुनावको मिति सार्न सकिने विकल्पमा छलफल भएको छ ।

राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक कामका लागि निर्वाचनको मिति सार्न सकिने विषय सत्तापक्षले वैठकमा प्रस्ताव राखेको थियो ।
एमालेले भने राजपा चुनावमा आउने ग्यारेन्टी भएको खण्डमा मात्रै चुनावको मिति सार्न सकिने जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली पनि राजपाले लिखित प्रतिवद्धता जनाए मिति सार्न सकिने विषयमा सकारात्मक देखिएका छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्