निर्वाचन विथोल्न सक्रिय विप्लवका ५ सय कार्यकर्ता पक्राउ


 



काठमाडौं, जेठ ३०
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पक्राउ गरेको छ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि नेकपाका कार्यकर्तालाई धरपकड गरेको थियो। सरकारको नेतृत्व शेरबहादुर देउवाले गरिसक्दा पनि यो क्रम रोकिएको छैन।नेकपाले राजनीतिक आस्थाका आधारमा बिनाकारण आफ्ना नेताकार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। नागरिकमा खबर छ।

नेकपाका वरिष्ठ नेता धर्मेन्द्र बास्तोलाले दाहाल सरकारको पालादेखि सुरु भएको नेताकार्यकर्ता पक्राउ गर्ने क्रम नरोकिएको बताए। ‘अहिलेसम्म करिब पाँच सय जति कार्यकतालाई सरकारले पक्राउ गरिसकेको छ। यो क्रम अझै रोकिएको छैन,’ बास्तोलाले भने, ‘अलग राजनीतिक आस्थाका राखेकै कारण राज्य दमनमा उत्रिएको छ।’

चन्दले नेतृत्व गरेको सो पार्टीले स्थानीय तहको चुनावको विरोध गर्दै आएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्