निर्वाचनको तयारी तिब्र, जिल्ला पुग्यो मतपेटिका


 


काठमाडौं, जेठ ३०
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको लागि तयारी तिब्र पारेको छ ।

मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाइरहेको जानकारी दिए।

प्रवक्ता शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् । ‘अहिले सबै स्थानीय तहमा निर्वाचन कार्यालय सहज रूपमा सञ्चालनमा आइसकेका छन,’ उनले भने ।

मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले गरिरहेको छ । त्यसरी छनोट भएका जनशक्तिलाई नियुक्तिपत्र र तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।

निर्वाचन आयोगका अनुसार ४३ जिल्लामा मतपेटिका पुगिसकेका छन् । अब मतदान केन्द्रमा मतपेटिका पुर्याउने तयारी भइरहेको छ ।

मतपेटिकाको सुरक्षा सहज भएको स्थानमा तत्काल र सुरक्षा संवेदनशील भएका स्थानीय तहमा केही दिनपछि लैजाने तयारी आयोगले गरेको छ । एक मतदान केन्द्रमा करिब हजार मतदाता हुन्छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्