जङ्गली च्याउ खाँदा बालकको मृत्यु, दुई विरामी


 


रामपुर (पाल्पा), जेठ ३०

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ ।

जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

गत जेठ २६ गते घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको जङ्गली च्याउ खाँदा ४५ वर्षीया ऋषिसरा गाहा र उनकी बुहारी २१ वर्षीया इनमाया गाहा, उनका नाति रुपेश गाहा बिरामी परेका हुन् ।

ऋषिसरा र इनमायाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।जङ्गली च्याउ खाँदा रामपुर नगरपालिका–३, गैलुकमा केही समयअघि पाँचजनाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्