नेता सिंहले खोले काठमाडौंमा कांगे्रस हार्नुको रहस्य


 



काठमाडौं, जेठ ३०
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौंमा काँग्रेस पराजित भएको बताएका छन् ।

चुनावपछि काठमाडौं कांग्रेसले आयोजना गरेको एक कार्यक्रम बोल्दै नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात भएको बताए । नागरिक दैनिकमा खबर छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको स्मरण गराउँदै उनले काठमाडौं कांग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने बताए ।

साथै उनले संविधान कार्यान्वयन प्रक्रियामा रहेकाले त्यसको प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएकाले सबै नेता कार्यकर्तालाई जिम्मेवार बन्न निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्