शेयर बजार १० अंकले घट्यो, कुन समुहको कति गिरावट ?


 


काठमाडौं, जेठ २९
मबार शेयर बजार करिब दश अंकले घटेको छ । बजार परिसुचक नेप्से नौ दशमलव ९७ बिन्दुले घटेर १ हजार ५ सय ८० दशमलव पाच दुईमा बन्द भएको हो । परिसुचक संगै कारोबार रकममा समेत गिरावट आएको छ ।

सोमबार १ सय ३८ कम्पनीको ४९ करोड ८८ लाख ९६ हजार ३ सय ५४ रुपैयाँको ७ लाख ९८ हजार ६ सय १३ कित्ता शेयर खरिदविक्री भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलाव शुन्य दुई विन्दुले घटेर तीन सय ३५ दशमलव चार विन्दुमा बन्द भएको छ ।

लगानीकर्ताले आपुर्ती बढाउदा परिसुचकमा गिरावट आएको हो । अर्को तर्फ बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढि भएका कारण लगानी निक्षेपतर्फ आकर्षित हुँदा बजारमा लगानी कम भएको लगानीकर्ताको बुझाइ छ ।

त्यस्तै चालू आर्थिक वर्षमा साधारण, बोनस र हकप्रद शेयर गरी झण्डै पचास अर्बको शेयर सूचिकृत भएको र त्यसले गर्दा बजारमा आपुर्ती बढ्न गइ बजार घटेको हो । सोमबार कारोबार भएका सबै समुहमा गिरावट आएको छ ।

सबैभन्दा बढि होटल तथा जलविद्युुत समुहमा गिरावट आएको छ । सोमबार सबैभन्दा बढि आरएसडिसी लघुवित्तको शेयर खरिद विक्री भएको छ ।

लघुवित्तको ५ करोड ४४ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले कमाएका छन भने सबै भन्दा बढी एभरेष्ट बैंकका अग्राधिकार शेयर धनिहरुले गुमाएका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्