एसियन क्रिकेट लिग प्रतियोगिता नेपालमा हुने


 


काठमाडौ, जेठ २९
क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाबको आयोजनामा एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।

एसियाका ६ वटा देशका टिम सहभागी हुने प्रतियोगिता असार ५ गतेदेखि सुरु हुने आयोजकले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् । लिग चरणबाट उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्