छुनसमेत नमिल्ने प्राणघातक विषादी राखेर मरेका कुखुरा बिक्री हुँदै !


 



काठमाडौं, जेठ २९
काठमाडौं उपत्यकामा नाङ्गो हातले छुनसमेत नमिल्ने प्राणघातक विषादी मिसाएर मरेका कुखुरा बिक्रीवितरण भइरहेको पाइएको छ।

मासुमा नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मिसाइएको पाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको राजधानी दैनिकमा खबर छ ।

मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्