राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा


 



रौतहट, जेठ २९
राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेपछि तराईका मतदाता झनै अन्यौलमा परेका छन्।

एकातिर संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नयाँ शक्ति लगायतका मधेसवादी दलहरुले जसरी चुनावलाई सफल बनाउनेतिर कार्यक्रमलाई अगाडि बढाएका छन्।

६ वटा पार्टी मिलेर बनेको राजपा नेपालले निर्वाचनलाई बिथाल्ने गरी कडा संघर्षको कार्यक्रम घोषणा गरेपछि मधेसवादी दलकै कार्यकर्ताबीच झडप हुने स्थिति बनेको छ। आजको नागरिकमा खबर छ।

राजपाका कार्यकर्ताले पनि आन्तरिक रुपमा टिकटको छिनोफानो गर्दै गर्दा संघर्षको कार्यक्रम घोषणा भएपछि केही कार्यकर्ता अलमलमा परेका छन्। उम्मेदवारले मनोनयन दर्ता गर्ने समय एक हप्ताभन्दा पनि कम बाँकी रहँदा राजपाले आइतबार आन्दोलन कार्यक्रम घोषणा गरेको थियो।

बिगतमा लगातार छ महिनासम्म मधेस आन्दोलनमा सहभागी भएका दलहरु निर्वाचनको मुखमा आएर दुई चिरामा विभक्त भएका हुन्।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्